पपुवा न्युगिनीविरुद्ध रोहितको अर्धशतक

काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा नेपाली खेलाडी रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।पपुवा न्युगिनीविरुद्ध २०५ रनको लक्ष्य पाएको नेपालको शीर्ष क्रमका ब्याटर चल्न नसक्दा रोहितले भने अर्धशतक बनाएका छन् । उनले ७१ बलमा ५० रन बनाएका हुन् ।
योसँगै रोहितले एक दिवसीयमा चौथो अर्धशतक प्रहार गरेका छन् ।
सुरुवाती ब्याटरहरू कुशल भुर्तेल १ रनमा, आशिफ शेख १६, ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका हुन् । २८ ओभर सकिंदा नेपालले एक सय रन कटाएको छ ।
पौडेलले ५० र आरिफ शेखले २९ रन बनाएर खेलिरहेका छन् । नेपालले ३२ ओभरमा ११९ रन जोड्दा चार विकेट गुमाएको छ । नेपाललाई जितका लागि १८ ओभरमा अझै ८६ रन आवश्यक छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया