पपुवा न्युगिनीविरुद्ध रोहितको अर्धशतक
काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा नेपाली खेलाडी रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।पपुवा न्युगिनीविरुद्ध २०५ रनको लक्ष्य पाएको नेपालको शीर्ष क्रमका ब्याटर चल्न नसक्दा रोहितले भने अर्धशतक बनाएका छन् । उनले ७१ बलमा ५० रन बनाएका हुन् ।
योसँगै रोहितले एक दिवसीयमा चौथो अर्धशतक प्रहार गरेका छन् ।
सुरुवाती ब्याटरहरू कुशल भुर्तेल १ रनमा, आशिफ शेख १६, ज्ञानेन्द्र मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका हुन् । २८ ओभर सकिंदा नेपालले एक सय रन कटाएको छ ।
पौडेलले ५० र आरिफ शेखले २९ रन बनाएर खेलिरहेका छन् । नेपालले ३२ ओभरमा ११९ रन जोड्दा चार विकेट गुमाएको छ । नेपाललाई जितका लागि १८ ओभरमा अझै ८६ रन आवश्यक छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया