NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यी हुन् पपुवा न्युगिनीविरुद्ध नेपालको जितका नायक

काठमाडौं । एकदिवसीय विश्वकप छनोट अन्तर्गतको त्रिकोणात्मक श्रृखलामा पपुवा न्युगिनीविरुद्ध सामन्य लक्ष्य पछ्याएर धर्मराए पनि अन्ततः नेपालले रोमाञ्चक जित दर्ता गरेको छ ।

टी–२० विश्वकपमा छनोट नजिक पुगेर बाहिरिएको नेपालले एक दिवसीय क्रिकेटको विश्वकपमा पुग्ने आशा जिवित राख्न पनि अबका केही खेल जित्नैपर्ने अवस्था थियो । यस्तोमा हारनजिक पुगेर पनि नेपालले चार बल बाँकी छँदै पिएनजीविरुद्ध रोमाञ्चक दुई विकेटको जित निकालेको हो ।

यस्तो अभियानमा रहेको नेपालसामू पुपुवा न्युगिनीले टस जितेर पहिले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । जसमा नेपाली बलरको कसिलो बलिङमा पिएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन जोड्यो ।

२०५ रनको लक्ष्य ५० ओभरको खेलमा सामान्य हो । तर सधैं जस्तै ब्याटिङमा समस्या हुने नेपालको लागि मंगलबार पनि त्यही नियति देखियो ।
कुशल भुर्तेलले ७ बलमा एक रन, आरिफ शेखले ४० बलमा १६ रन, ज्ञानेन्द्र मल्लले ६ बलमा चार रन र दीपेन्द्रसिंह ऐरीले २० बलमा ८ रन जोडेर आउट भएपछि नेपालको जितको सम्भावना सकिएको आकलन थियो ।

किनकी प्रमुख ब्याटर आउट भएपछि बाँकी ब्याटरले खेल जिताउन सक्दैनन् नेपालको प्रायः यस अघिका खेलले देखाएका छन् । किनकी रनरेट बढ्दो र प्रमुख विकेट झरेपछि नेपाल दबाबमा थियो ।

तर रोहित पौडेल र आरिफ शेखले एक रनको पार्टनरसिप गर्दै नेपाललाई खेलमा फर्काए । यस क्रममा रोहितले ८५ बलमा ५८ रन र आरिफ शेखले ८१ बलमा ५२ रनको महत्वपूर्ण पारी खेले जसले नेपालको जितको आधार दिए ।

यी दुईमा पनि रोहित आउट भएपछि आरिफलाई अर्कोतर्फबाट विनोद भण्डारीले साथ दिए । भण्डारीले २५ बलमा ११ रन बनाएर विकेट जोगाउँदै खेले ।

यस्तोमा अन्त्यतिर बढेको रनरेटलाई पछ्याउँदै नेपाललाई जित दिलाउन खेलाडीहरूले अन्तिम ६ ओभरमा ५२ रन बनाएका थिए । जसमा टिमलाई जितसम्म पुर्याउन करण केसीले आक्राक इनिङ खेले ।

आरिफ शेख ४३.२ ओभरमा ५३ रनमा आउट भएपछि करण मैदानमा प्रवेश गरेका थिए । उनले विनोद भण्डारी र सोमपाल कामीसँगै खेल्दै टिमलाई जित दिलाएरै छोडे । यस क्रममा ४७.१ ओभरको पहिलो बलमा करणले छक्का प्रहार गरे । यो ओभरमा १० रन आयो । सोमपाल कामी आउट भएलगत्तै ४८.५ ओभरमा करणले चौका प्रहार गरे । यो ओभरमा ९ रन आयो ।

यी दुई ओभरको १९ रनले नेपाललाई जितनजिक पुर्यायो । अन्तिम ओभरमा ५ रन आवश्यक हुँदा करणले पहिलो बलमा चौका प्रहार गरे । अब पाँच बलमा एक रन भए नेपालको जित निश्चित थियो । तर करणले एक रन आवश्यक हुँदा छक्का प्रहार गर्दै चार बल बाँकीमा टिमलाई महत्वपूर्ण २ विकेटको जित दिलाए । महत्वपूर्ण समयमा खेलमा सम्हालिंदै ब्याटिङ गरेर ५८ रन बनाएका रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए ।

यसरी नेपाली टिमका लागि अर्धशतकसहित शतकीय साझेदारी गर्ने रोहित पौडेल, आरिफ शेखले धर्मराएको टिमलाई जितको आधार दिए । पुछारमा आक्रामक ब्याटिङ गर्दै करण केसीले २५ बलमा २९ रन जोडेर नेपाललाई रोमाञ्चक जित दिलाए ।

नेपालको जितका लागि बलिङतर्फ १० ओभरमा ४८ रन दिएर तीन विकेट लिने सोमपाल कामी, १० ओभरमा ३० रन दिएर एक विकेट लिए सन्दीप लामिछाने र १० ओभरमा २६ रन मात्रै दिने दीपेन्द्रसिंह ऐरीले आधार दिए ।

पिएनजीका लागि चाल्र्स एमिनीले सर्वाधिक ५९ रन बनाए । चाड सोपेरले ३५ रन बनाए । टोरी उराले २७, लेगा सिआकाले २५, नर्मन भानुवाले २३ र असाद भालाले १९ रन बनाए ।

नेपालका लागि बलिङतर्फ नेपालका सोमपाल कामीले तीन, आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । मल्लले पहिलोपटक एक दिवसीय खेलमा विकेट लिएका हुन् ।

१३ खेलिसक्दा पिएनजीले एक खेल पनि जितेको छैन । नेपालले ९ खेलमध्ये ५ वटामा जित र चारवटामा हार बेहोरेको छ ।
समूहका सात टिममध्ये शीर्ष तीन एक दिवसीय विश्वकप छनोटको क्वालिफायरमा अघि बढ्नेछन् । ३६ अंकसहित ओमान पहिलो स्थानमा छन् ।
पिएनजीका नरमन भानुआ, अलेइ नाओ, रिले हेकुरेले दुई दुई विकेट लिए ।

नेपालले पर्सी आयोजक युएईसँग दोस्रो म्याच खेल्नेछ । युएईले मंगलबार पिएनजीलाई ७ विकेटले पराजित गरेको थियो ।

नेपालको जितमा कसको कति योगदान ?

ताजा अपडेट

नेपालवाच विशेष