दलित संघको महाधिवेशन स्थगित
काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको महाधिवेशन स्थगित भएको छ । स्थानीय तहको निर्वाचन नजिकिएको भन्दै कांग्रेसले संघको महाधिवेशन स्थगित गरेको हो ।
‘स्थानीय तहको निर्वाचन नजिक भएकोले अहिले होइन चुनावपछि गरौं भन्ने जानकारी गृहमन्त्री बालकृष्ण खाणबाट पाएका छौं’ नेता प्रकाश स्नेही रसाइलीले भने ।
तर अधिवेशनको लागि हुम्ला, मुगु, जुम्लासहितका जिल्बाट प्रतिनिधि आइसकेको स्नेहीले बताए ।
यही चैत ७ देखि ९ सम्म अधिवेशन हुने बताइए पनि केही दिन अघिमात्रै स्थगित हुँदा समस्या आएको उनी बताउँछन् ।
‘अहिले सबै स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने भएकोले धेरैको समय नहुने भन्दै स्थगित गरिएको खबर आयौं’ उनी भन्छन्, ‘अब स्थानीय तहको निर्वाचनपछि मात्र अधिवेशन हुन्छ भन्ने जानकारी पार्टीले गराएको छ ।’
नियमित अवस्थामा २०७३ सालमा महाधिवेशन हुनुपर्ने भए पनि सर्दै आएको छ ।
यी थिए अध्यक्षका दाबेदार
लामो समयदेखि अधिवेशन नभएको संघको महाधिवेशनमा अध्यक्षका लागि संस्थापनबाट लोकेन्द्र विश्वकर्मा, शम्भु हजारा पासवान, क्षेत्रसिंह टेलर र संस्थान इतरबाट डोबाटे विक, मुक्त महते, कृष्ण बिके रसाइली र शिव सुनार अध्यक्षको दाबेदार छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया