NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइल समीकरण पूरा भएको छ । गएराति भएका दुई खेलसँगै क्वार्टरफाइल समीकरण पूरा भएको हो ।

गएराति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलसँग घरेलु मैदानमा ३–० ले पराजित हुँदै इटालियन क्लब युभेन्ट्स प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

पहिलो लेगमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । यसर्थ, युभेन्ट्स समग्रमा ४–१ को गोल अन्तरले पराजित भएको हो ।

भिल्लारियको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र अर्नाउड नान्जुमाले एक–एक गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

साविक विजेता चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र सिजर एज्पिलिक्वेटाले एक–एक गोल गरे भने लिलका बुराक यिल्मासले सान्त्यना गोल फर्काए ।

यी दुई टोली बीचको पहिलो लेग चेल्सीले २–० ले जितेको थियो । चेल्सी समग्रमा ४–१ गोल अन्तरले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।

भिल्लारियल र चेल्सीसँगै जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल र पोर्चगिज क्लब बेन्फिका पनि क्वार्टरफाइनलमा पुगेका छन् ।

यस्तै, स्पेनिस क्लबहरू रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले पनि क्वार्टरफाइनलका लागि स्थान बनाएका हुन् ।

क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ । अप्रिल ५ देखि अन्तिम ८ का खेल हुनेछन् ।

युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल क्वार्टरफाइनलमा