च्याम्पियन्स लिगको क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइल समीकरण पूरा भएको छ । गएराति भएका दुई खेलसँगै क्वार्टरफाइल समीकरण पूरा भएको हो ।
गएराति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलसँग घरेलु मैदानमा ३–० ले पराजित हुँदै इटालियन क्लब युभेन्ट्स प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
पहिलो लेगमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । यसर्थ, युभेन्ट्स समग्रमा ४–१ को गोल अन्तरले पराजित भएको हो ।
भिल्लारियको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र अर्नाउड नान्जुमाले एक–एक गोल गरेका हुन् ।
गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।
साविक विजेता चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र सिजर एज्पिलिक्वेटाले एक–एक गोल गरे भने लिलका बुराक यिल्मासले सान्त्यना गोल फर्काए ।
यी दुई टोली बीचको पहिलो लेग चेल्सीले २–० ले जितेको थियो । चेल्सी समग्रमा ४–१ गोल अन्तरले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।
भिल्लारियल र चेल्सीसँगै जर्मन क्लब बायर्न म्युनिख, इंग्लिस क्लबहरू म्यानचेस्टर सिटी, लिभरपुल र पोर्चगिज क्लब बेन्फिका पनि क्वार्टरफाइनलमा पुगेका छन् ।
यस्तै, स्पेनिस क्लबहरू रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले पनि क्वार्टरफाइनलका लागि स्थान बनाएका हुन् ।
क्वार्टरफाइनलको ड्र शुक्रबार हुनेछ । अप्रिल ५ देखि अन्तिम ८ का खेल हुनेछन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया