जापानका प्रधानमन्त्री शनिबार भारत आउँदै

काठमाडौं (एजेन्सी) । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् ।
दुईदिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
भ्रमणका क्रममा उनले १४ औं भारत—जापान वर्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिए ।
उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका छन् ।
हरेक वर्ष आयोजना गरिने भारत—जापान वर्षिक सम्मेलनको १४ औं संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।
अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए ।
भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया