जापानका प्रधानमन्त्री शनिबार भारत आउँदै
काठमाडौं (एजेन्सी) । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् ।
दुईदिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
भ्रमणका क्रममा उनले १४ औं भारत—जापान वर्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिए ।
उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका छन् ।
हरेक वर्ष आयोजना गरिने भारत—जापान वर्षिक सम्मेलनको १४ औं संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।
अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए ।
भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया