विश्वकप छनोटमा युएईसँग भिड्दै नेपाल
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल र युएई आज भिड्दैछन् । श्रृंखला अन्तर्गत पहिलो खेलमा यी दुवै टिमले पपुवा न्युगिनीलाई पराजित गरेका थिए ।
युएईले ७ विकेट र नेपालले २ विकेटले पराजित गरेका थिए । युएईले सहज जित हात पारे पनि नेपालले मुस्किलले पिएनजीलाई पराजित गरेको थियो ।
तीन देशमध्ये नेपाल र युएई बलिया टोली हुन् । तर पछिल्लो समय नेपालभन्दा पनि युएई नै बलियो देखिएको छ ।
केही समय अघि मात्रै नेपाललाई सहजै हराउँदै युएईले टी–२० विश्वकप खेल्ने पक्का गरेको थियो । केही समयमै हुन लागेको खेलमा नेपाललाई त्यही हारको बदला लिने अवसर आज छ । खेल नेपाली समय अनुसार सवा ११ बजे सुरू हुनेछ ।
एक दिवसीय विश्वकप छनोट अन्तर्गत सात देशले खेलिरहेकोमा ओमान २८ खेलबाट ३६ अंकसहित पहिलो स्थानमा छ । युएई १५ खेलबाट १८ अंकसहित दोस्रो, स्कटल्याण्ड १२ खेलबाट १६ अंसहित तेस्रो, नामिबिया १४ खेलबाट १४ अंकसहित चौथो, अमेरिका १६ खेलबाट १४ अंकसहित पाँचौ र नेपाल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा छ । १४ खेलबाट पपुवा न्युगिनीले कुनै अंक बटुल्न सकेको छैन ।
सातमध्ये शीर्ष तीन टिम एक दिवसीय विश्वकप छनोटतर्फ अगाडि बढ्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया