फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
शंकर चापागाईं , फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबार देखि सुरु भएको छ । फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङमा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
खेलकुदको प्रतियोगिताको संघिय सरकारका पूर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले उद्धघाटन गरेका थिए । सो क्रममा मन्त्री नेम्वाङ खेलकुदको विकास अपरिहार्य रहेको बताए ।
प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेल आयोजक मूल समितिका सचिव तथा सत्यहाङ्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामभक्ति नेम्वाङले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र तथा छात्राहरुको भलिबल, कबड्डी, विभिन्न दुरीका दाैड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो,उसुज्याभलिङ थ्रो,सटपुट लगायत खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया