नेपाललाई तेस्रो सफलता, तीनै विकेट सोमपालको नाममा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईविरुद्ध सुरुवातमै तीन सफलता हात पारेको छ ।
सुरुका तीनवटै विकेट सोमपाल कामीले लिएका छन् । नेपालले ३.५ ओभरमा नै पहिलो सफलता हात पारेको थियो । बलर सोमपाल कामीले ६ रन बनाएर खेलिरहेका चिराग सुरीलाई आशिफ शेखबाट क्याचआउट गराएका थिए । लगत्तै ५.१ ओभरमा भृत्य अरविन्दलाई कामीले नै आशिफ शेखरबाटै क्याचआउट गराए ।
९.१ ओभरमा सोमपाले ज्ञानेन्द्र मल्लमार्फत् मोहम्मद वासिमलाई पनि क्याचआउट गरे । वासिम निक्कै खतरनाक ब्याटर मानिन्छन् । सुरुवातमै तीन प्रमुख विकेट लिएर नेपालले खेल आफ्नो नियमन्त्रणमा लिएको छ ।
१० ओभरको समाप्तीमा युएईल तीन विकेट क्षतिमा ३५ रन जोडेको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया