NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

करणले दिलाए चौथो सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईविरुद्ध ३५ रनमा महत्वपूर्ण चार विकेट लिएको छ ।

सुरुवातमै तीन विकेट सोमपाल कामीले लिएपछि १०.३ ओभरमा करण केसीले आशिफ खानलाई आशिफ शेखबाट क्याचआउट गराएका हुन् । खेलमा सुरुका तीनवटै विकेट सोमपाल कामीले लिए । नेपालले ३.५ ओभरमा नै पहिलो सफलता हात पारेको थियो । बलर सोमपाल कामीले ६ रन बनाएर खेलिरहेका चिराग सुरीलाई आशिफ शेखबाट क्याचआउट गराएका थिए । लगत्तै ५.१ ओभरमा भृत्य अरविन्दलाई कामीले नै आशिफ शेखरबाटै क्याचआउट गराए ।

९.१ ओभरमा सोमपाले ज्ञानेन्द्र मल्लमार्फत् मोहम्मद वासिमलाई पनि क्याचआउट गरे । वासिम निक्कै खतरनाक ब्याटर मानिन्छन् । सुरुवातमै तीन प्रमुख विकेट लिएर नेपालले खेल आफ्नो नियमन्त्रणमा लिएको छ ।

१० ओभरको समाप्तीमा युएईल तीन विकेट क्षतिमा ३५ रन जोडेको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।