एकदिवसीयमा सागर ढकालले लिए पहिलो विकेट

काठमाडौं । एक दिवसीय क्रिकेटमा सागर ढकालले पहिलो विकेट लिएका छन् । अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध डेब्यु गरेका ढकालले दोस्रो खेलमा युएईविरुद्ध विकेट लिएका हुन् ।
ढकालले १४ रन बनाएर खेलिरहेका बसिल हमिदलाई ज्ञानेन्द्र मल्लद्वारा क्याचआउट गराएका हुन् । ढकाल देब्रे हाते अर्थोडक्स बलर हुन् ।
युएईले ४२ ओभरमा १४२ रन बनाउँदा ७ विकेट गुमाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया