मोटरसाइकल दुर्घटना : सञ्चारकर्मी कुवँरको मृत्यु
बझाङ । मोटरसाइकल दुर्घटनामा परेर सञ्चारकर्मी सुरेश कुँवरको मृत्यु भएको छ । बझाङको बुंगल नगरपालिका –५ मिडी घर भएका २४ वर्षीय कुँवरको खिरातडी झापा बिजगडा जोड्ने सडकमा दुर्घटना भइ मृत्यु भएको हो ।
सुपप ०१०७०९० नम्बरको मोटरसाइकलमा झापादेखि बिजगडा बजारतर्फ जाने क्रममा वडा न.४ तम्तोलामा दुर्घटना भएको थियो ।
मोटरसाइकल अनियन्त्रित भइ करिब १०० मिटर तल खसेको बुगल प्रहरी पोस्टले जानकारी दिएको छ ।
मृतक कुवँर रेडियो सेरोफेरो एफएममा कार्यरत थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया