आगलागीबाट तीन घर नष्ट
त्रिशुली । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।
स्थानीय समाजसेवी कृष्ण ढुंगानका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।
स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिए ।
उनका अनुसार तीन घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा ५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ । आगलागीको कारण यकीन नभए पनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ ।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
पीडित परिवारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत टेन्टसहितका गैरखाद्य राहत सामग्री र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर पीडित परिवारलाई उपलब्ध गराउन लागेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया