प्युठानमा बस दुर्घटना एकको मृत्यु, २२ घाइते

दाङ । प्युठानको रातामाटाबाट दाङको घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार बिहान ११ बजे सेतोपरा भन्ने स्थानमा दुर्घटना हुँदा १ वर्षीय बालकको मृत्यु भएको छ । मुत्यु हुनेमा दाङको घोराही-३ का अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताए ।
प्युठानको माण्डवी गाउँपालिका-२ नजिकै भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।
करिब ३० जना यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया