टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे७प १७९९ नंको मोटरसाइल आज दिउँसो करिब १२ः०० बजेतिर टिपरको पछाडि ठोक्किएको थियो ।
मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका-५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
किशोरीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेंसी नगरपालिका-८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका-५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
उनका अनुसार घाइते दुवैको अवस्था सामान्य छ । टिपर चालक बाँसगढी नगरपालिका-५ बर्दियाका ३१ वर्षीय राजु थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया