चीनका एक अर्ब २४ करोडलाई कोरोनाविरुद्धको पूर्ण खोप
काठमाडौं (एजेन्सी) । चीनमा एक अर्ब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो संख्या शुक्रबारसम्मको हो । चीनमा सन् २०२१ को अन्त्यसम्ममा एक अर्ब ४१ करोड जनसंख्या थियो ।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेङले तीमध्ये कुल ६४ करोड ९० लाखले अतिरिक्त खोप नै लगाएको जानकारी दिए ।
उनका अनुसार, ६० वर्षभन्दा बढी उमेरका ८० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् ।
त्यसैगरी, संक्रमणबाट मृत्यु भएकाहरूको संख्या घटाउन अतिरिक्त खोप निकै उपयोगी भएको उनको भनाइ छ ।
पूर्ण खोप लगाउने र अतिरिक्त खोप लगाउने अभियान अहिले पनि चलिरहेको र कोरोनाभाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने उपायहरू पनि अपनाउन लगाइएको अधिकारीहरूले जनाएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया