NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अर्जेन्टिना विश्वकपमा छनोट भइसक्दा पनि मेसीले बाँकी खेल खेल्न चाहनुका २ कारण

काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनोटका लागि ३३ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा योपटक उनले नियमित कप्तान लियोनल मेसीलाई समावेश गरेका छन् ।

दुई महिनाअघि मुख्य प्रशिक्षक स्कालोनीले विश्वकप छनोटका लागि टिम घोषणा गर्दा मेसीलाई समावेश गरेका थिएनन् । जनवरी २७ र फेब्रुअरीमा १ मा भएका अर्जेन्टिनाका दुई खेलमा मेसीलाई समावेश नगरिएको हो । मेसी नभए पनि चिली र कोलम्बियाविरुद्धका दुवै खेल अर्जेन्टिनाले जित्यो ।

अर्जेन्टिनाले गत वर्षको नोभम्बरमै कतार विश्वकपको टिकट काटिसकेको थियो । त्यसपछि मेसीलाई आराम दिइएको थियो ।

Lionel Messi scores as Argentina draw against Chile in World Cup Qualifiers  - Barca Blaugranes

स्वयम् मेसीले पनि अहिले क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि समय दिन चाहेको बताएका थिए । यसर्थ, प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीलाई आराम दिएका थिए ।

तर, अहिले परिस्थिति फेरिएको छ । पिएसजी च्याम्यिन्स लिगको अन्तिम १६ बाटै बाहिरिइसकेको छ । अब पिएसजी फ्रेन्च कपबाट पनि बाहिरिइसकेको छ । लिगमा पहिलो स्थानमा छ । मेसीले नखेल्दा पनि लिग जित्ने सम्भावना छ ।

यसर्थ, यही मार्च २६ भेनेजुएला र ३० मा इक्वेडरविरुद्ध हुने दुई खेलका लागि मेसी राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

अर्को कारण चाहिँ मेसी राष्ट्रिय टोलीमा गोलको संख्या बढाउन चाहन्छन् । हालसम्म उनले अर्जेन्टिनाका लागि ८० गोल गरिसकेका छन् ।उनको लक्ष्य १०० गोल गर्ने रहेको बताइएको छ ।