रुससँग वार्ता विफल हुनुको अर्थ तृतीय विश्वयुद्ध : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता विफल हुनुको अर्थ तेस्रो विश्वयुद्ध निम्तिनु भएको बताएका छन् । साथै उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि आफू तयार रहेको बताए ।
‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटेर वार्ता गर्न म तयार छु,’ सिएनएन टेलिभिजनसँग आइतबार कुराकानी गर्दै उनले भने, ‘वार्ता विफल हुनुको अर्थ तेस्रो विश्वयुद्ध हुनु हो ।’
युद्ध अन्त्यका लागि वार्ताको विकल्प नभएको र यो फलदायी हुने विश्वास उनले व्यक्त गरे ।
‘सहमतिका लागि जुनसुकै स्वरूप, अवसरको सदुपयोग गर्नुपर्छ,’ उनले भने ।
यसैबीच, जेलेन्स्कीले पृथकतावादीको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई स्वतन्त्रको मान्यता दिने सम्झौतामा सहमति जनाउन नसक्ने उनले स्पष्ट पारे।
जेलेन्स्कीले युक्रेन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य भएको भए युद्ध सुरु नहुने बताए । नेटोका सदस्य राष्ट्रले युक्रेनलाई आफ्नो गठबन्धनमा हेर्न चाहेका हुन् भने तत्काल यो कार्य गर्नुपर्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया