NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

मेलबर्नको फुटबल मैदानमा शेन वार्नको अन्तिम बिदाइ

मेलबर्न । अष्ट्रेलियाका क्रिकेटर शेन वार्नको आइतबार उनको पैतृक सहर मेलबर्नमा एक निजी कार्यक्रममा अन्तिम संस्कार गरिएको छ । शेन वार्नका परिवार एवं साथीभाइले उनलाई अन्तिम बिदाइ गरेका छन् ।

सेन्ट किल्डा फुटबल क्लबमा भएको कार्यक्रममा करिब ८० जना सहभागी थिए । पूर्व अष्ट्रेलियाली कप्तान माइकल क्लार्क र एलन बर्डर पनि शेनको बिदाइमा सहभागी थिए ।

शेन वार्नलाई मार्च ३० मा मेलबर्न क्रिकेट मैदानमा राजकीय सम्मानसहित बिदाई गरिनेछ । उनको ५२ वर्षको उमेरमा ४ मार्चमा थाइल्यान्डमा हृदयघातका कारण निधन भएको थियो । लेग स्पिनर शेन वार्नलाई क्रिकेटका महान खेलाडी मानिन्छ ।

१५ वर्षसम्म अष्ट्रेलियाका लागि खेलेका वार्नले १४५ टेस्ट म्याचमा ७०८ विकेट लिएका थिए ।

क्रिकेटर शेन वार्नको निधन, जो थिए सन्दीपका आइडल

ताजा अपडेट

नेपालवाच विशेष