नेपालले युएईका तीन विकेट चट्कायो, सन्दीप, करण र दीपेन्द्रले लिए एक–एक विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत अहिले नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गरिहेको छ ।
नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।
यसैबीच, नेपालले ३ विकेट चट्काएको छ । कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका छन् ।
युएईले २३ ओभरमा ७५ रन बनाएको छ ।
आज नेपालका कप्तान सन्दीपले टोलीमा तीन परिवर्तन गरेका छन् ।
उनले आसिफ शेख, कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राखेका छन् । तर, विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई प्लेइङ–११ मा मौका दिएका छन् ।
यस्तो छ नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित पौडेल, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया