युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । युएईले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा युएईले ९ विकेट गुमाउँदै नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
युएईको लागि रोहन मुस्तफाले ६०, मोहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भ्रृत्य अरविन्दले २४ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन, करण केसी र सोमपाल कामीले २/२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक-एक विकेट लिए ।
नेपाल पहिलो खेलमा पनि युएईसँग ४८ रनले पराजित भएको थियो । १६९ रनकाे सामान्य लक्ष्य पछ्याए पनि नेपाल १२० रनमै समेटिंदा पराजित भएकाे थियाे ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया