युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य
काठमाडौं । युएईले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा युएईले ९ विकेट गुमाउँदै नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
युएईको लागि रोहन मुस्तफाले ६०, मोहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भ्रृत्य अरविन्दले २४ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन, करण केसी र सोमपाल कामीले २/२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक-एक विकेट लिए ।
नेपाल पहिलो खेलमा पनि युएईसँग ४८ रनले पराजित भएको थियो । १६९ रनकाे सामान्य लक्ष्य पछ्याए पनि नेपाल १२० रनमै समेटिंदा पराजित भएकाे थियाे ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया