नेपालले तेस्रो ओभरमै तीन विकेट गुमायो

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलअन्तर्गत जारी खेलमा नेपालले तीन विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ७ बलमा ५ रन बनाउँदै आउट भएका छन् । नेपालले दोस्रो अभरमै विकेट गुमाएको हो । पहिलो विकेट गुमाउँदा नेपालले ६ रनमात्र बनाएको थियो ।
यस्तै, अर्का ओपनर पवन सर्राफ पनि ४ बलमा २ रन बनाउँदै आउट भएका छन् ।
त्यसपछि आएका दीपेन्द्रसिंह ऐरी पनि शून्य रनमा आउट भएका छन् ।
नेपालले ३ ओभरमै ३ विकेट गुमाइसकेको छ । तेस्रो विकेट गुमाउँदा नेपालले ८ रनमात्र बनाएको छ ।
नेपाल युएईले दिएको २०३ रनको लक्ष्य पछ्याइरहेको छ । निर्धारित ५० ओभरको खेलमा युएईले ९ विकेट गुमाउँदै नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया