चुलियो व्यापार घाटा, ८ महिनामा व्यापार घाटा ११ खर्ब नाघ्यो
काठमाडाैं । नेपालको व्यापार घाटा चुलिएको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा कूल वस्तु व्यापारघाटा ३४.५० प्रतिशतले वृद्धि भएको छ । चालु आवको ८ महिनाको अवधिमा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
फागुनसम्ममा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात गरेको छ । गत वर्षको तुलनामा यो ३८.६४ प्रतिशतले बढेको विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा नेपालले ९ खर्ब ४३अर्ब ९८ करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
त्यस्तै नेपालले ८ महिनाको अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ८२.९० प्रतिशतले वृद्धि हो । गत वर्ष सो अवधिमा नेपालले ८० अर्ब ७७ करोड ८८ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया