मौसमी रुघाखोकी र कोरोना कसरी छुट्याउने ?

सामान्यतया, चैत र बैशाख महिनामा मौसमी रुघाखोकी प्रायः देखिने गर्छ । यसर्थ, रुघाखोकी लाग्दैमा र सामान्य ज्वरो आउँदैमा कोरोनाको आंशका गरेर आत्तिनु पर्दैन ।
यसरी छुटिन्छ
-कोरोना र अन्य फ्लुका लक्षण मिल्दोजुल्दो हुने भएकाले मानिसमा आंशका हुनु स्वभाविक हो । कहिलेकाहीँ सामान्य फ्लु भनेर सावधानी नअपनाउँदा जोखिमसमेत हुने भएकाले स्वास्थ्यप्रति सचेत हुन उत्तिकै आवश्यक छ ।
-ज्वरो ९९ डिग्रीभन्दा कम हुनु, सामान्य रुघाखोकी लाग्नु फ्लुका लक्षण हुन् । यस्ता लक्षण देखिएमा आराम गर्ने, पानी तथा झोलिलो खानेकुरा प्रशस्त खाने, सामान्य एन्टीएलर्जिक औषधी सेवन गर्ने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।
-एक्कासी उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वास तथा छातीमा समस्या देखिने, स्वादमा फरकपन आउने जस्ता लक्षण कोरोना संक्रमणका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल गएर वा चिकित्सकसँग सल्लाह लिएर घरमै पनि उपचार गर्नुपर्ने हुन्छ ।
-मौसम परिवर्तनसँगै विभिन्न भाइरल इन्फेक्सनको सम्भावना रहन्छ । सामान्यतया, प्रतिरोधी क्षमता कम भएका व्यक्ति जस्तै, दीर्घरोगी, बालबालिका, सुत्केरी र वृद्धवृद्धा फ्लुबाट छिटो प्रभावित हुने भएकाले सावधानी अपनाउन जरुरी हुन्छ ।
मौसम परिवर्तका वेला देखा पर्ने इन्फ्लुएन्जा एच३एन२, एच१एन१ तथा इन्फ्लुएन्जा बी फ्लु भाइरस यसअघि नेपालमा देखा परिसकेकाले सजग हुन आवश्यक छ । यस्ता फ्लुबाट सबैभन्दा बढी श्वासप्रश्वास र दमका बिरामी प्रभावित हुने गर्छन् ।
फ्लु कति घातक ?
-हरेकजसो सिजनमा फ्लुको जीनमा परीवर्तन हुने भएकाले मौसमी फ्लु कति घातक हुन्छ भन्ने अनुमान गर्न सकिँदैन । तर मौसम परीवर्तनसँगै भाइरल इन्फेक्सन फैलिने सम्भावना पनि उत्तिकै रहन्छ ।
-इन्फ्लुएन्जा एच३एन२, एच१एन१ तथा इन्फ्लुएन्जा बी फ्लु भाइरस यसअघि नेपालमा देखा परिसकेकाले सजग हुन आवश्यक छ । यस्ता फ्लुबाट सबैभन्दा बढी श्वासप्रश्वास तथा दमका बिरामी र दीर्घरोगी बढी प्रभावित हुने गर्छन् । यस्ता बिरामीमा रुघाखोकी जस्ता लक्षण देखिएमा अनिवार्य चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया