पपुवा न्युगिनीविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दैं
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
यस अघिको खेलमा पिएनजीलाई २ विकेटको साँघुरो अन्तरले पराजित गरेको नेपालले युएईसँगको दुईवटै खेलमा भने पराजय बेहारेको थियो ।
एकदिवसीय विश्वकप छनोटको समेत खेलमा नेपालले अहिलेसम्म ११ खेल खेलेर १० अंक जोडेको छ ।
सात मध्ये २८ खेलबाट ३६ अंकसहित ओमान पहिलो स्थानमा छ । १८ खेलबाट युएईको २२ अंक छ । तीन देश विश्वकप छनोटको प्रक्रियामा अघि बढ्नेमा नेपाल छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया