NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ५ गते

‘खल्ती’ बाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

काठमाडौं । अब खल्ती डिजिटल वालेटबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ । खल्तीले निशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएसँगै अब ग्राहकले निशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।

यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रति दिन १ लाख रुपैयाँसम्म रहेको छ ।

यो अफर चैत्र ७ गते देखि २०७९ बैशाख ६ गते सम्म लागु हुने कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार खल्तीबाट बैंक ट्रान्सफर गर्दा पैसा र समय दुबैकाे बचत हुन्छ ।

खल्तीबाट बाट नि:शुल्क बैंक ट्रान्सफर कसरी गर्ने ?

  • खल्तीको होम स्क्रिन मा रहेको Send Money मा गइ Send to Any Bank Account मा क्लिक गर्ने ।
  • बैंक छनोट गरि सबै विवरण दाखिला गर्ने र Check Transfer मा क्लिक गर्ने ।
  • रकम पठाउने माध्यम छनौट गरी ‘Pay Transfer”’ मा ट्याप गरेर रकम पठाउने ।

ताजा अपडेट

नेपालवाच विशेष