पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिलो सफलता हात पारेको छ । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २.३ ओभरमै पहिलो विकेट झारेको हो ।
नेपालका लागि करण केसीले ६ रन बनाएर खेलिरहेका टोनी उरालाई विनोद भण्डारीबाट क्याचआउट गराए ।
यस अघिको खेलमा पिएनजीलाई २ विकेटको साँघुरो अन्तरले पराजित गरेको नेपालले युएईसँगको दुईवटै खेलमा भने पराजय बेहारेको थियो ।
एकदिवसीय विश्वकप छनोटको समेत खेलमा नेपालले अहिलेसम्म ११ खेल खेलेर १० अंक जोडेको छ ।
सात मध्ये २८ खेलबाट ३६ अंकसहित ओमान पहिलो स्थानमा छ । १८ खेलबाट युएईको २२ अंक छ । तीन देश विश्वकप छनोटको प्रक्रियामा अघि बढ्नेमा नेपाल छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया