नाइजेरियामा अन्धाधुन्ध गोली हानी १६ गाउँलेको हत्या
काठमाडाैं । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ ।
समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए ।
उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए ।
ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् ।
गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन हत्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन ।
प्रत्यक्षदर्शीहरुले त्यस गाउँका गाउँलेमाथि ठूलो संख्याका हतियारधारी आएर बन्दुकले हमला गरेको बताएका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् ।
ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।
उक्त राज्यका प्रहरी प्रमुखले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया