पपुवा न्युगिनीले २५ ओभरमा ७८ बनायो, चार विकेट क–कसले लिए ?

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले टस हार्दै २५ ओभरभित्र ७८ रन बनाएको छ ।
नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको पिएनजीले २५ ओभरमा चार विकेट गुमाएर ७८ रन बनाएको हो ।
२५ ओभरमा चार विकेट गुमाउँदा ओपनर टोनी उराले ६, लेगा सियाकाले २०, चाल्र्स अमिनीले २३ र रिले अकुरेले १ रन बनाए । कप्तान असद भाला २७ रन बनाएर खेलिरहेका छन् ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, आरिफ शेख, करण केसी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।
प्रतिक्रिया