पिएनजीले नेपाललाई दियो १७४ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको जारी अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक लिए ।
यस्तो छ नेपालको प्लेइङ ११ :
भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहितकुमार पौडेल, आसिफ शेख, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया