ब्याटिङमा दीपेन्द्रसिंह ऐरीको खराब रेकर्ड
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको ब्याटिङ लाइनअपमा आशा गरिएका दीपेन्द्रसिंह ऐरीले खराब खेलेका छन् । बलिङमा औसत प्रदर्शन गरेका उनको ब्याटिङ भने चारवटै इनिङमा खराब रहेको हो ।
दीपेन्द्रसिंह ऐरी पिएनजीसँगको पहिलो खेलमा २० बलमा ८ रन बनाए । दोस्रो खेलमा दुई बलमा शुन्य रनमै आउट भए । आएलगत्तै छक्का हान्ने धुनमा उनी आउट हुन पुगेका थिए । युएईविरुद्ध २०२ रनको लक्ष्य पछ्याएको खेलमा पहिलो बलमै आउट हुन पुगेका थिए । युएईविरुद्ध १६९ रन पछ्याएको पहिलो खेलमा ऐरीले १० बलमा चार रन मात्रै बनाएका थिए ।
यसरी चार खेलमा ऐरी दुईपटक शून्य रनमा आउट हुन पुगे । दुई खेलबाट १२ रनमात्रै बनाए । ब्याटिङमा भरपर्दो मानिएका ऐरीले यसपटक खराब खेलेका हुन् । मध्यक्रममा भरपर्दा मानिए पनि यसपटक चारवटै खेलमा ऐरीले टिमलाई जिताउने गरी नखेलेका हुन् ।
युएईविरुद्ध एउटा खेलमा १६९ र अर्को खेलमा २०४ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाली ब्याटर नचल्दा नेपालले यी दुई खेल आफ्नो हातबाट गुमाएको थियो ।
उनले बलिङतर्फ पिएएनजीलाई हराएको पहिलो खेलमा १० ओभरमा २६ रन दिएर विकेट लिन नसके पनि किफायती बलिङ गरेका थिए ।
पिएनजीविरुद्धको दोस्रो खेलमा १० ओभर बलिङ गर्दा ३४ रन दिएर एक विकेट लिए । युएईसँगको पहिलो म्याचमा १० ओभरमा ४२ रन दिएर एक विकेट लिएका थिए । दोस्रो खेलमा ६ ओभरमा २८ रन दिएर एक विकेट लिएका थिए ।
पिएनजीलाई दुवै खेलमा हराउँदा आरिफ शेखले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ५९ रनको महत्वपूर्ण इनिङ खेले । रोहित पौडेलले पहिलो खेलमा ६० र दोस्रो खेलमा ४४ रन बनाए ।
रोहितले युएईसँगको पहिलो खेलमा पनि ४६ रन बनाएका थिए । दोस्रो खेलमा ९ रनमा आउट भएका थिए । यसरी रोहितले चार खेलमा १५९ रन बनाएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया