ब्याटिङमा दीपेन्द्रसिंह ऐरीको खराब रेकर्ड

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको ब्याटिङ लाइनअपमा आशा गरिएका दीपेन्द्रसिंह ऐरीले खराब खेलेका छन् । बलिङमा औसत प्रदर्शन गरेका उनको ब्याटिङ भने चारवटै इनिङमा खराब रहेको हो ।
दीपेन्द्रसिंह ऐरी पिएनजीसँगको पहिलो खेलमा २० बलमा ८ रन बनाए । दोस्रो खेलमा दुई बलमा शुन्य रनमै आउट भए । आएलगत्तै छक्का हान्ने धुनमा उनी आउट हुन पुगेका थिए । युएईविरुद्ध २०२ रनको लक्ष्य पछ्याएको खेलमा पहिलो बलमै आउट हुन पुगेका थिए । युएईविरुद्ध १६९ रन पछ्याएको पहिलो खेलमा ऐरीले १० बलमा चार रन मात्रै बनाएका थिए ।
यसरी चार खेलमा ऐरी दुईपटक शून्य रनमा आउट हुन पुगे । दुई खेलबाट १२ रनमात्रै बनाए । ब्याटिङमा भरपर्दो मानिएका ऐरीले यसपटक खराब खेलेका हुन् । मध्यक्रममा भरपर्दा मानिए पनि यसपटक चारवटै खेलमा ऐरीले टिमलाई जिताउने गरी नखेलेका हुन् ।
युएईविरुद्ध एउटा खेलमा १६९ र अर्को खेलमा २०४ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपाली ब्याटर नचल्दा नेपालले यी दुई खेल आफ्नो हातबाट गुमाएको थियो ।
उनले बलिङतर्फ पिएएनजीलाई हराएको पहिलो खेलमा १० ओभरमा २६ रन दिएर विकेट लिन नसके पनि किफायती बलिङ गरेका थिए ।
पिएनजीविरुद्धको दोस्रो खेलमा १० ओभर बलिङ गर्दा ३४ रन दिएर एक विकेट लिए । युएईसँगको पहिलो म्याचमा १० ओभरमा ४२ रन दिएर एक विकेट लिएका थिए । दोस्रो खेलमा ६ ओभरमा २८ रन दिएर एक विकेट लिएका थिए ।
पिएनजीलाई दुवै खेलमा हराउँदा आरिफ शेखले पहिलो खेलमा ४९ र दोस्रो खेलमा ५९ रनको महत्वपूर्ण इनिङ खेले । रोहित पौडेलले पहिलो खेलमा ६० र दोस्रो खेलमा ४४ रन बनाए ।
रोहितले युएईसँगको पहिलो खेलमा पनि ४६ रन बनाएका थिए । दोस्रो खेलमा ९ रनमा आउट भएका थिए । यसरी रोहितले चार खेलमा १५९ रन बनाएका हुन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया