क्रिकेट सिरिजका लागि दुई टोली घोषणा, अटेनन् तीन सिनियर खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई क्रिकेट सिरिजका लागि टोली घोषणा गरेको छ । एकदिवसीय र त्रिकोणात्मक टि–ट्वान्टी सिरिजका लागि क्यानले आज दुई टोलीको घोषणा गरेको हो ।
दुवै टोलीका कप्तान सन्दीप लामिछानेलाई तोकिएको छ । तर, टोलीमा दुई सिनियर खेलाडी पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र विनोद भण्डारी भने दुवै टोलीमा अटाएका छैनन् ।
नेपालले काठमाडौंको त्रिवि क्रिकेट मैदानमा मार्च २५ र २६ मा पपुआ न्युगिनी (पिएनजी)सँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
साथै नेपालले त्रिवि मैदानमै मार्च २८ देखि अप्रिल ४ सम्म पिएनजी मलेसियासँग टि–ट्वान्टी सिरिज खेल्ने तालिका छ ।
यस्तो छ एकदिवसीय टोली :
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भीम सार्की ।
टि–ट्वान्टीका टोली :
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।
ताजा अपडेट
-
कति पुग्यो सुनको भाउ ?
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिक्रिया