नम्बर वान टेनिस खेलाडी एश्लीले सन्यास लिइन्

काठमाडौं । विश्वकै नम्बर वान अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले २५ वर्षको उमेरमै खेलबाट सन्यास लिएकी छन् ।
४४ वर्षपछि आफ्नै घरेलु मैदानमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्या लिएको घोषणा गरेकी हुन् । सन्यास घाषणा गर्दै उनले भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेको छु, यसको घोषणा गर्न मेरा लागि यो भावनात्मक क्षण र मुस्किल भएको छ ।’
इन्स्टाग्राममा पोस्ट् भएको एक भिडियो सन्देशमा एश्लीले भनिन्, ‘खेलबाट मैल जे पाएँ त्यसका लागि कृतज्ञ छु । यसले मेरा सपना पूरा गरेको छ । अबको समय भनेको अन्य सपना पूरा गर्नु हो ।’
एश्ली बार्टी दुई वर्षदेखि नम्बर वान खेलाडी बनेकी थिइन् । उनले सन् २०१९ मा फ्रेन्च ओपन २०२१ मा विम्बिल्डन र यस वर्ष अष्ट्रेलिया ओपन जितेकी थिइन् । फ्रेन्च ओपन उनको पहिलो ग्रान्ड स्ल्याम थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया