नम्बर वान टेनिस खेलाडी एश्लीले सन्यास लिइन्
काठमाडौं । विश्वकै नम्बर वान अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले २५ वर्षको उमेरमै खेलबाट सन्यास लिएकी छन् ।
४४ वर्षपछि आफ्नै घरेलु मैदानमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्या लिएको घोषणा गरेकी हुन् । सन्यास घाषणा गर्दै उनले भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेको छु, यसको घोषणा गर्न मेरा लागि यो भावनात्मक क्षण र मुस्किल भएको छ ।’
इन्स्टाग्राममा पोस्ट् भएको एक भिडियो सन्देशमा एश्लीले भनिन्, ‘खेलबाट मैल जे पाएँ त्यसका लागि कृतज्ञ छु । यसले मेरा सपना पूरा गरेको छ । अबको समय भनेको अन्य सपना पूरा गर्नु हो ।’
एश्ली बार्टी दुई वर्षदेखि नम्बर वान खेलाडी बनेकी थिइन् । उनले सन् २०१९ मा फ्रेन्च ओपन २०२१ मा विम्बिल्डन र यस वर्ष अष्ट्रेलिया ओपन जितेकी थिइन् । फ्रेन्च ओपन उनको पहिलो ग्रान्ड स्ल्याम थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया