प्रतिकेजी ३५ देखि १४८ रूपैयाँको डेढ लाख क्विन्टल चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न सात किसिमका १ लाख ५७ हजार ५०० क्विन्टल चामल खरिद गर्ने भएको छ । त्यसका लागि बोलपत्र स्वीकृत भएको छ । कम्पनीले १० कार्यालयलाई बुझाउने गरी २० कम्पनी छनोट गरेको जनाएको छ ।
कम्पनीले खरिद गर्ने चामलहरूमा सोना मन्सुली, स्टिम जिरा मसिनो, स्टिम रञ्जित, कालानुनिया, स्टिम साँवा, अरुवा मोटा, मध्यम सिल्की छन् । यी चामलको मूल्य प्रतिकेजी ३७ रूपैयाँदेखि १४८ रूपैयाँसम्म छ ।
कालानुनिया चामल सबैभन्दा महँगो छ । यसको प्रतिकेजी मूल्य १४८ रूपैयाँ तय गरिएको लिमिटेडले जनाएको छ । सबैभन्दा कम मूल्य सोना मन्सुली चामलको छ । बोलपत्रदाताले यो चामल प्रतिकेजी ३७ रूपैयाँका दरले तोकिएको स्थानमा झारिदिनेछन् ।
कम्पनीले स्वीकृति गरेका बोलपत्रदाताहरूमा श्री मित्तल एग्रो प्रालि, श्री श्याम बाबा राइस, एण्ड फ्लोर मिल प्रालि, श्री गिरीधारी फुड इन्डष्ट्रिज, श्री श्यामबाबा राइस एण्ड फ्लोर मिल प्रालि, जय गुरु राइस मिल छन् । त्यसैगरी, ठाकुर एग्रो इण्डस्ट्रिज, लक्की राइस मिल, राधाकृष्ण खाद्य उद्योगलगायत बोलपत्रदाताहरूलाई कम्पनीले चामल खरिदको लागि स्वीकृत गरेको छ ।
बोलपत्रदाताहरूले मुख्य शाखा कार्यालय बिर्तामोड, प्रादेशिक कार्यालय विराटनगर, मुख्य शाखा कार्यालय, लहान, शाखा कार्यालय वीरगञ्ज, प्रादेशिक कार्यालय काठमाडौंमा चामल बुझाउनेछन् । त्यसैगरी, मुख्य शाखा कार्यालय नेपालगञ्ज, प्रादेशिक कार्यालय, धनगढी, प्रादेशिक कार्यालय, सुर्खेत र मुख्य शाखा कार्यालय तुलसीपुर रहेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया