युरो विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीचको खेल इंग्ल्याण्डमा
काठमाडौं । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल इंग्ल्याण्डमा हुने निश्चित भएको छ ।
युरोपियन च्याम्पियन इटाली र दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाबीचको प्रतिस्पर्धा इंग्ल्याण्डको वेम्बली रंगशालामा आगामी जुन १ मा हुने निश्चित भएको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) सँग तीन वर्षे सम्झौता गरेअनुरूप दुई महादेशीय च्याम्पियनबीच प्रतिस्पर्धा हुन लागेको हो ।
इटालीले घरेलु टोली इंग्ल्याण्डलाई वेम्बली रंगशाला हराएर युरो २०२० को उपाधि जितेको थियो ।
यस्तै अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया