बैंकिङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ
काठमाडाैं । बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ ।
उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो ।
उनले पीडितलाई न्युरोडको महालक्ष्मी विकास बैंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकामा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो ।
त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्न परिचालित टोलीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया