राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए मेसी (७ तस्बिरसहित)
काठमाडौं । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी करिब दुई महिनापछि राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन् ।
दुई महिनाअघि मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप छनोटका लागि टिम घोषणा गर्दा मेसीलाई समावेश गरेका थिएनन् ।

जनवरी २७ र फेब्रुअरीमा १ मा भएका अर्जेन्टिनाका दुई खेलमा मेसीलाई समावेश नगरिएको हो ।

तर, योपटक भने मेसीले टोलीमा फर्किएका छन् । यही मार्च २६ भेनेजुएला र ३० मा इक्वेडरविरुद्ध हुने दुई खेलका लागि मेसी राष्ट्रिय टोलीमा फर्किएका हुन् ।

यसैबीच, मेसीले अर्जेन्टिना गएर राष्ट्रिय टोलीको प्रशिक्षणसमेत थालिसकेका छन् । उनी प्रशिक्षण दौरान निकै खुसी देखिएका छन् ।
मेसीले युवा खेलाडीहरूसँग तस्बिरसमेत लिएका छन् ।

मेसीसँगै एंगेल डि मारिया, लियान्द्रो परेडेस, रोड्रिगो डे पाउल लगायतका खेलाडी पनि प्रशन्न मुद्रामा देखिएका छन् ।

यसैक्रममा मेसीले अर्जेन्टिना यु २० का प्रशिक्षकसमेत रहेका पूर्वसहकर्मी जाभियर मास्केरानोलाई पनि भेटेका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया