सडक पिच नगरेको भन्दै रामेश्वर फुयाँललाई स्थानीयले घेरे
काठमाडौं । काठमाडौं थलीका स्थानीयले एमाले नेता तथा वाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँललाई घेरेका छन् । जोरपाटी–साँखु सडक खण्ड पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयले फुयाँललाई बिहीबार बिहान थलीमा घेरेका हुन् ।
फुयाँल अवरुद्ध सडक खुलाउन आग्रह गर्दै बिहीबार बिहान थली पुगेका थिए । तर आक्रोसित स्थानीयले उनलाई देख्नेबित्तिकै घेरा हालिहाले ।
स्थानीयले कच्ची सडकका कारण असुविधा झेलेको उल्लेख गर्दै पिच गर्न भइरहेको विलम्बबारे फुयाँलसँग जवाफ मागेका थिए । त्यस क्रममा स्थानीयले नेता फुयाँलको भूमिकाबारे समेत प्रश्न उठाए ।
फुयाँल भने सडक पिचका लागि निरन्तर लडिरहेको तर ठेकेदारका कारण काममा विलम्ब भएको भन्दै पन्छिन खोजेका थिए ।
उनले भोलिबाटै पिच सुरु हुने आश्वासन दिँदै सडक अवरुद्ध नगर्न आग्रह गरे पनि स्थानीयले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण यो सडक खण्डको आवागमन अहिले प्रभावित भएको छ ।
जोरपाटी–साँखु सडक खण्ड पिचका लागि सात वर्षअघि ठेकेदार छनोट भएका थिए । तर अहिलेसम्म काम सम्पन्न भएको छैन । सडक पिच नहुँदा यो स्थानीयले असुविधा झेल्दै आएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया