सडक पिच नगरेको भन्दै रामेश्वर फुयाँललाई स्थानीयले घेरे
काठमाडौं । काठमाडौं थलीका स्थानीयले एमाले नेता तथा वाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँललाई घेरेका छन् । जोरपाटी–साँखु सडक खण्ड पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयले फुयाँललाई बिहीबार बिहान थलीमा घेरेका हुन् ।
फुयाँल अवरुद्ध सडक खुलाउन आग्रह गर्दै बिहीबार बिहान थली पुगेका थिए । तर आक्रोसित स्थानीयले उनलाई देख्नेबित्तिकै घेरा हालिहाले ।
स्थानीयले कच्ची सडकका कारण असुविधा झेलेको उल्लेख गर्दै पिच गर्न भइरहेको विलम्बबारे फुयाँलसँग जवाफ मागेका थिए । त्यस क्रममा स्थानीयले नेता फुयाँलको भूमिकाबारे समेत प्रश्न उठाए ।
फुयाँल भने सडक पिचका लागि निरन्तर लडिरहेको तर ठेकेदारका कारण काममा विलम्ब भएको भन्दै पन्छिन खोजेका थिए ।
उनले भोलिबाटै पिच सुरु हुने आश्वासन दिँदै सडक अवरुद्ध नगर्न आग्रह गरे पनि स्थानीयले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण यो सडक खण्डको आवागमन अहिले प्रभावित भएको छ ।
जोरपाटी–साँखु सडक खण्ड पिचका लागि सात वर्षअघि ठेकेदार छनोट भएका थिए । तर अहिलेसम्म काम सम्पन्न भएको छैन । सडक पिच नहुँदा यो स्थानीयले असुविधा झेल्दै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया