साल्ट ट्रेडिङ र आयल निगमको साधारण सभा हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५५ औँ साधारण सभा आउँदो चैत्र ३० गते बुधबारका दिन हुने भएको छ । कम्पनीले एक सुचना जारी साधारणसभाको मिति र स्थान तय गरेको हो । तोकिएको मितिमा उपस्थितिका लागि सेयरधनीहरुलाई सूचनामार्फत जानकारी गराएको छ ।
कम्पनीका अनुसार साधारणसभा काठमाडौंस्थिति सोल्टी होटलमा बिहान ११ बजेबाट सुरु हुने छ । उक्त साधारण सभाले साधारण तथा विशेष प्रस्तावहरुमा छलफल गर्ने जनाइएको छ । सूचनामा उल्लेख गरेअनुसार साधारणसभामा सामान्य प्रस्तावअन्र्तगत वार्षिक साधारणभाका लागि आर्थिक वर्ष ७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी आव ७७/७८ को लेखापरिक्षको प्रतिवेदनसहित सोही आवको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरिने, लखा परिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदनजस्ता विषयमा छलफल हुने जनाएको छ । त्यस्तै सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम चुक्ता पुँजीको ०.५२६ प्रतिशतका दरले नगद लाभांशवापत् १२ लाख १३ हजार ६८ रुपैयाँ वितरण गर्ने स्वीकृत गर्ने विषयमासमेत छलफल हुने छ ।
विशेष प्रस्तावअन्र्तगत सञ्चालक समितिले प्रस्ताव गरेबमोजि कम्पनीको हालको चुक्ता पुँजीको ०.५२६ प्रतिशतको दरले २ करोड ३० लाख ४८ हजार २९० रुपैयाँको दरले वितरण गर्न स्वीकृत गर्ने, ऋण सुविधा लिने स्वीकृत उपर छलफल गरी पारित गर्ने रहेको छ ।
आयल निगमको साधारणसभा चैत्र २५ गते
नेपाल आयल निगम लिमिटेडको वार्षिक साधारणसभा आउँदो चैत्र २५ गते दिउँसो तीन बजे हुने भएको छ । निगमका अनुसार साधारणसभा आयल निगमको कार्यालयमा हुने भएको हो ।
साधारणसभाबाट अध्यक्षको मन्तव्यसहित ४० औँ साधारणसभाको लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को वासलात, नाफा/नोक्सान हिसासहित सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गर्ने निगमको एजेण्डा छ । त्यस्तै ७७/७८ को लेखापररिक्षक नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने लगायत विषयमा छलफल हुने निगमले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया