युरोकप आयोजनाका लागि बेलायत र आयरल्याण्डको संयुक्त दाबी
काठमाडौं । सन् २०२८ को युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबल आयोजनाका लागि बेलायत र आयरल्याण्डले संयुक्त दाबी पेश गरेका छन् ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएका अनुसार यही मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकिएकोमा बेलायत र आयरल्याण्डले संयुक्त दाबी पेश गरेका हुन् ।
यस्तै रुस र टर्कीले पनि २०२८ र २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गरेको बताइएको छ ।
इटालीले भने २०३२ को युरोकप आयोजनाका लागि दाबी पेश गर्ने बताएको छ ।
आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिने छ ।
२०२४ को युरोकप जर्मनीले गर्ने निश्चित भइसकेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया