चेन्नाई सुपर किंग्सको कप्तानमा रवीन्द्र जडेजा

काठमाडौं । भारतीय प्रिमियर लिग (आइपिएल) को नयाँ सुरु सिजन हुनुभन्दा दुई दिन अगाडि महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सको कप्तानी छोडेका छन् । उनको स्थानमा रविन्द्र जडेजा चेन्नई सुपर किंग्सको नयाँ कप्तान हुनेछन् ।
जडेजा सन् २०१२ देखि चेन्नाई सुपर किंग्सको महत्वपूर्ण सदस्यको रुपमा रहेका छन् । कप्तान पद हस्तान्तरण गरे पनि धोनीले यो सिजन र पछि पनि चेन्नईबाटै खेल्ने क्लबले जनाएको छ ।
महेन्द्र सिंह धोनी सन् २००८ मा चेन्नाईका कप्तान बनेका थिए । उनको कप्तानीमा चेन्नाई सुपर किंग्सले चारपटक आइपिएलको उपाधि जितेको छ ।
आइपिएलको १५ वर्षको इतिहासमा एकपटक मात्रै टिम प्ले अफ्सका लागि क्वालिफाई हुन सकेको थिएन ।
धोनीको कप्तानीमा चेन्नाई सबैभन्दा सफल टोलीमध्ये एक हो । धोनी र सुरेश रैना पछि रविन्द्र जडेजा चेन्नाईको तेस्रो कप्तान हुनेछन् । धोनीको कप्तानीमा चेन्नाई सुपर किंग्सले सन् २०१०, २०११, २०१८ र २०२१ मा मा आइपिएलको उपाधि जितेको थियो । धोनीको कप्तानीमा चेन्नाईले १२१ खेल जितेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया