चेन्नाई सुपर किंग्सको कप्तानमा रवीन्द्र जडेजा
काठमाडौं । भारतीय प्रिमियर लिग (आइपिएल) को नयाँ सुरु सिजन हुनुभन्दा दुई दिन अगाडि महेन्द्र सिंह धोनीले चेन्नाई सुपर किंग्सको कप्तानी छोडेका छन् । उनको स्थानमा रविन्द्र जडेजा चेन्नई सुपर किंग्सको नयाँ कप्तान हुनेछन् ।
जडेजा सन् २०१२ देखि चेन्नाई सुपर किंग्सको महत्वपूर्ण सदस्यको रुपमा रहेका छन् । कप्तान पद हस्तान्तरण गरे पनि धोनीले यो सिजन र पछि पनि चेन्नईबाटै खेल्ने क्लबले जनाएको छ ।
महेन्द्र सिंह धोनी सन् २००८ मा चेन्नाईका कप्तान बनेका थिए । उनको कप्तानीमा चेन्नाई सुपर किंग्सले चारपटक आइपिएलको उपाधि जितेको छ ।
आइपिएलको १५ वर्षको इतिहासमा एकपटक मात्रै टिम प्ले अफ्सका लागि क्वालिफाई हुन सकेको थिएन ।
धोनीको कप्तानीमा चेन्नाई सबैभन्दा सफल टोलीमध्ये एक हो । धोनी र सुरेश रैना पछि रविन्द्र जडेजा चेन्नाईको तेस्रो कप्तान हुनेछन् । धोनीको कप्तानीमा चेन्नाई सुपर किंग्सले सन् २०१०, २०११, २०१८ र २०२१ मा मा आइपिएलको उपाधि जितेको थियो । धोनीको कप्तानीमा चेन्नाईले १२१ खेल जितेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया