स्कुटर र मोटरसाइकल ठोक्किए, बसले किचेर स्कुटर चालकको मृत्यु
सहयात्री जीवन, बुटवल । रुपन्देहीकाे बुटवलमा आज भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।
आज दिउँसो करिब १ बजेतिर बुटवलस्थित जितगढीमा लु ८३ प ४१४४ नम्बरको स्कुटर र लु ७४ प ६०१६ मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनापछि भुइँमा लडिरहेका स्कुटर चालकलाई पछाडिबाट आएको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
मृत्यु हुने गुल्मी भिरकोटका ३० वर्षीय मनोज थापा रहेका छन् । उनी बुटवलमै बस्दै आएका थिए ।
दुर्घटनापछि बस चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया