मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग नेपाल पराजित
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा थाइल्यान्डसँग नेपाल पराजित भएको छ ।
आज भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले समान एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो ।
फिलिपले ७८ औं मिनेटमा गोल गर्दै थाइल्यान्डलाई अग्रता दिलाए भने चाओवाटले ८९ औं मिनेटमा गोल गर्दै थाइल्यान्डको जित सुनिश्चित गरे ।
एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग अभ्यास खेल खेलेको हो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया