NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रूपैयाँले बढेको छ ।

मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ । मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ ।

साथै नयाँ मूल्य प्रतिलिटर ११२.५१ रुपैयाँ भएको छ । भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुटै हुन्छ ।

मुडिज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भनिएको छ, ‘भारतका प्रमुख तेल कम्पनीहरु आइओसी, बिपिसिएल र एचपिसिएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न दिएका थिएनन् । जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरिरहेका छन् ।’