NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि, जीवन बीमाको ५ अर्ब र निर्जीवन बीमाको २.५ अर्ब पुर्‍याउनुपर्ने

काठमाडाैं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरेको छ । समितिको संचालक समितिको बुधबार बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी  ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी  २.५ अर्ब पु-याएको हो ।

बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजिगत आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चूक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको हो ।

उपरोक्तानुसारको चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पु-याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्नेछ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी बराबरको निर्धारित पूँजी कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी कायम गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समेत रहेको समितिले जनाएकाे छ ।