बेल चेम्किँदा वेल्स फाइनलमा, स्कटल्याण्ड र युक्रेनबीचको विजेतासँग निर्णायक भिडन्त गर्ने
काठमाडौं । कतारमा यसै वर्ष हुने विश्वकप छनोटअन्तर्गत युरोपियन प्लेअ अफमा वेल्स विजयी भएकाे छ ।
गएराति भएको पाथ ए को खेलमा वेल्सले अष्ट्रियालाई २–१ ले हराएर फाइनल यात्रा तय गरेको छ ।
वेल्सको जितमा कप्तान ग्यारेथ बेल नायक बने । उनले २५ र ५१ मिनेटमा गोल गर्दै वेल्सको जित सुनिश्चत बनाए ।
अब स्कटल्याण्ड र युक्रेनबीचको खेलको विजेतासँग वेल्सले प्रतिस्पर्धा गर्नेछ । त्यसको विजेता विश्वकपमा छनोट हुनेछ ।
युद्धका कारण स्कटल्याण्ड र युक्रेनबीचको खेल भने पछि सरेको छ । तर, मिति भने टुंगो लागेको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया