पाराग्वेसँग पराजित हुनका बाबजुद इक्वेडर विश्वकपमा छनोट
काठमाडौं । इक्वेडर यसै वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ ।
शुक्रबार बिहान भएको खेलमा इक्वेडर पाराग्वेसँग ३–१ ले पराजित हुनका बाबजुद अन्य खेलका नतिजाका आधारमा विश्वकपमा छनोट भएको हो ।
घरेलु टोली पाराग्वेलाई जित दिलाउन रोबर्ट मोरालेस र मिग्वेल अल्मिरोनले एक–एक गोल गरेका थिए भने इक्वेडरका पिएरो हिन्कापिईले एक गोल उपहार दिएका थिए ।
यस्तै इक्वेडरका जार्डी काइसेलोले एक गोल फर्काएका थिए ।
पाराग्वे भने यसअघि नै विश्वकपबाट बाहिरिइसकेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया