पाराग्वेसँग पराजित हुनका बाबजुद इक्वेडर विश्वकपमा छनोट
काठमाडौं । इक्वेडर यसै वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ ।
शुक्रबार बिहान भएको खेलमा इक्वेडर पाराग्वेसँग ३–१ ले पराजित हुनका बाबजुद अन्य खेलका नतिजाका आधारमा विश्वकपमा छनोट भएको हो ।
घरेलु टोली पाराग्वेलाई जित दिलाउन रोबर्ट मोरालेस र मिग्वेल अल्मिरोनले एक–एक गोल गरेका थिए भने इक्वेडरका पिएरो हिन्कापिईले एक गोल उपहार दिएका थिए ।
यस्तै इक्वेडरका जार्डी काइसेलोले एक गोल फर्काएका थिए ।
पाराग्वे भने यसअघि नै विश्वकपबाट बाहिरिइसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया