२९३ रनको लक्ष्य पछ्याएको नेपाललाई लगातार तीन झट्का

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध घरेलु मैदानमा २९३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाललाई लगातार तीन झट्का लागेको छ ।
७.३ ओभरमा अनिल २१ बलमा ६ रन बनाएर आउट भए । ८.६ ओभरमा डेब्यु म्याचमै देव खनाल ६ बल खेल्दा शून्य रनमै आउट भए । लगत्तै ९.१ ओभरमा ३२ रन बनाएर खेलिरहेका ओपनर कुशल भुर्तेल पनि आउट भएपछि नेपाली टिमलाई सुरुवाती झट्का लागेको हो ।
नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदा ५६ रन जोडेको छ ।
ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल छन् । रोहितले विश्वकप लिग २ मा पिएनजी विरुद्धका दुवै जितमा ६० र ४४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया