२० वर्षीय रोहित पौडेलले हाने कीर्तिमानी शतक
काठमाडौं । युवा ब्याटर रोहित पौडेलले कीर्तिमानी शतक प्रहार गरेका छन् । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पौडेलले टियु क्रिकेट मैदानमा ९१ बलमा शतक प्रहार गरेका हुन् । यो नेपाली खेलाडीले एकदिवसीय खेलमा हानेको दोस्रो शतक हो । यस अघि पारस खड्काले युएईविरुद्ध पहिलो शतक प्रहार गरेका थिए ।
दोस्रो शतक रोहितको नाममा रह्यो । शतक हान्ने क्रममा रोहित र आरिफ शेखले पाँचौ विकेटको लागि १०४ रनको साझेदारी गरेका छन् । यो नेपाली खेलाडीको अहिलेसम्मकै उच्च साझेदारी हो ।
यस अघि रोहित र आरिफको नाममा एक सय रनको साझेदारी थियो । २९३ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ४३ बलमा २४१ रन बनाएको छ । नेपाललाई ४२ बलमा ५२ रन जितका लागि आवश्यक छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया