२० वर्षीय रोहित पौडेलले हाने कीर्तिमानी शतक

काठमाडौं । युवा ब्याटर रोहित पौडेलले कीर्तिमानी शतक प्रहार गरेका छन् । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पौडेलले टियु क्रिकेट मैदानमा ९१ बलमा शतक प्रहार गरेका हुन् । यो नेपाली खेलाडीले एकदिवसीय खेलमा हानेको दोस्रो शतक हो । यस अघि पारस खड्काले युएईविरुद्ध पहिलो शतक प्रहार गरेका थिए ।
दोस्रो शतक रोहितको नाममा रह्यो । शतक हान्ने क्रममा रोहित र आरिफ शेखले पाँचौ विकेटको लागि १०४ रनको साझेदारी गरेका छन् । यो नेपाली खेलाडीको अहिलेसम्मकै उच्च साझेदारी हो ।
यस अघि रोहित र आरिफको नाममा एक सय रनको साझेदारी थियो । २९३ रनको लक्ष्य पछ्याएको नेपाली टिमले ४३ बलमा २४१ रन बनाएको छ । नेपाललाई ४२ बलमा ५२ रन जितका लागि आवश्यक छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया