बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ
बारा । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी दिए ।
जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । उनी बारा निर्माण व्यवसायी सङ्घको अध्यक्ष हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया