NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बैंकिङ कसुर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

बारा । प्रहरीले बाराको कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी दिए ।

जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । उनी बारा निर्माण व्यवसायी सङ्घको अध्यक्ष हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष