रसियाका रक्षा मन्त्रीलाई हृदयघात !

काठमाडौं (एजेन्सी) । युक्रेनका एक मन्त्रीका सल्लाहकारले रसियाका रक्षा मन्त्रीलाई हृदयघात भएको दाबी गरेका छन् ।
युक्रेनको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टन गेरासचेन्कोले रसियाका रक्षा मन्त्रीलाई हृदयघात भएको दाबी गरेका हुन
।
‘युक्रेन आक्रमण पूर्ण असफल भएको आरोप भ्लादिमिर पुटिनले लगाएपछि रसियन रक्षा मन्त्रीलाई हृदयघात भएको हो,’ युक्रेनी आन्तरिक मामिला मन्त्रीका सल्लाहकारले लेखेका छन् । हृदयघातपछि उनी अहिले पनि अस्पतालमै उपचाररत रहेको उनले बताएका छन् ।
तथापि, अहिलेसम्म रसियन पक्षले सोइगुको स्वास्थ्यबारे केही बताएको छैन ।
रसियन रक्षा मन्त्री सेरगई सोइगु गत मार्च ११ देखि सार्वजनिक रूपमा देखिएका छैनन् । यद्यपि, रुसी राष्ट्रपति पुटिनद्वारा २४ मार्चमा जारी भिडियोमा भने उनी थोरै देखिएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया